विश्वमा एकै दिन ३ लाख ८० हजार भन्दा बढी संक्रमित, ६ हजार बढीले ज्यान गुमाए

world-corona

काठमाडौं । विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख ८० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा ३ लाख ८ हजार ३ सय ७० नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख २९ हजार १ सय ८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ८० जनाले ज्यान गुमाएसँगै हालसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख ९६ हजार ३ सय २० पुगेको छ ।

विश्वमा हालसम्म कोरोनामुक्त हुनेको संख्या भने २ करोड ९१ लाख १९ हजार २ सय ७० पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारत र ब्राजिलमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा अमेरिका नै शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

 

Comments

Top