देशभर ३७४९ जना संक्रमित थपिए, ३५६४ जना डिस्चार्ज

Corona_Update

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १६ हजार ५ सय ९८ जनाको पीसीआर परिक्षण गरिएकोमा ३७४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा १९३५ जना संक्रमित भेटिएका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३५६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

 

Comments

Top