विपत्तिमा महारथीः अमेरिकामा एकैदिन साढे दुईमहिना यताकै धेरै संक्रमित थपिए

crying US

काठमाडौ । अमेरिकामा कोरोना संक्रमितको संख्या पुनः बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा विगत साढे २ महिना यताकै धेरै संक्रमित थपिएका छन् ।

यसअघि गत जुलाई ३१ तारिखका दिन ७३ हजार ७६ जना नयाँ संक्रमित थपिएकोमा त्यसयता नयाँ संक्रमितको संख्या घट्दै गइरहेको थियो । तर पछिल्लो २४ घन्टामा ६६ हजार १ सय २९ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या विश्वमा पछिल्लो २४ घन्टामा थपिएको कुनै एक देशको संख्या हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा अमेरिकामा ८ सय ७४ जना ले ज्यान गुमाएसँगै हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख २२ हजार ७ सय १७ पुगेको छ ।

हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख १६ हजार ३ सय १५ पुगेको छ भने ती मध्ये ५३ लाख २० हजार १ सय ३९ जना निको भइसकेका छन् भने २६ लाख ७३ हजार ४ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

 

Comments

Top