'सफा र सुन्दर सिपाडोल'को परिकल्पनामा सगोल युवा समाज, विभिन्न स्थानमा डस्टबिनको व्यवस्था

Sagol (2)

भक्तपुर । ‘सफा सुन्दर सिपाडोल हाम्रो अभियान’को नारासहित सिपाडोलका विभिन्न स्थानमा सरसफाई र डस्टबिन राखिएको छ । स्थानीय सगोल युवा समाजले नेपालकै नमूना नगरोन्मुख सूर्यविनायक नगरपालिकाको वडा नं. ८ का विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखेको हो ।

समाजका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा सम्पन्न सरसफाई र डस्टबिन राख्नेको शुभारम्भ वडा नं. ८ का वडाध्यक्ष किरण थापाले गरेका थिए । स्थानीय डोलेश्वर महादेव मन्दिरको प्रांगणबाट सुरु गरिएको डस्टविन राख्ने कार्यक्रम सिपाडोलका विभिन्न ४० स्थानमा राखिन लागेको समाजका अध्यक्ष थापाले बताए ।

उक्त कार्यक्रममा नगर सदस्य धर्मराज बस्नेत, समाजसेवी कविराम थापा, आत्मराम थापा र समाजका सचिव विकास केसीलगायतको सहभागिता रहेको थियो ।

समाजले मालिगाउँको सिंगल ट्रि परिसरमा सरसफाई गर्नुका साथै आगामी दिनमा पनि सिपाडोल मात्र नभई समग्र सूर्यबिनायक र भक्तपुर जिल्लाभरि र सम्भव भएसम्म देशभरि नै समाजप्रति उत्तरदायी भएर काम गर्ने समाजका शुभचिन्तक एवं समाजसेवी पुष्पराज बस्नेतले बताए ।

Sagol (1)Sagol (4)Sagol (5)Sagol (3)

Comments

Top