विश्वमा एकैदिन थपिए ३ लाख ७१ हजार संक्रमित

world-corona

काठमाडौं । विश्वमा एकै दिन ३ लाख ७१ हजार २ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म विश्वमा संक्रमित हुनेको संख्या ३ करोड ९९ लाख ३७ हजार ७ सय ३६ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख १४ हजार १ सय ८७ पुगेको छ ।

विश्वमा पछिल्ला दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म विश्वमा सबैभन्दा कोरोना संक्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ८३ लाख ४१ हजार ८ सय ३६ जना संक्रमित पुगेका छन् भने २ लाख २४ हजार २ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि धेरै संक्रमितको संख्या भारतमा देखिएको छ । भारतमा हालसम्म ७४ लाख ९२ हजार ७ सय २७ जना संक्रमित पुगेका छन् भने १ लाख १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिल भने संक्रमित संख्यामा भारत भन्दा पछि रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या भारतमा भन्दा ब्राजिलमा धेरै रहेका छन् ।

विश्वमा हालसम्म २ करोड ९८ लाख ७९ हजार ९ सय २० जना कोरोना मुक्त भइसकेका छन् । 

Comments

Top