सरकारले तोक्यो निःशुल्क उपचार गर्न पाउने नागरिकको सूची (सूचनासहित)

health ministry

काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निःशुल्क उपचार गर्नेको वर्गीकरण गरेको छ । सात सुचीमा यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको छ।

मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको निःशुल्क उपचार गर्ने जनाएको छ ।

संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निःशुल्क उपचार गर्नेछ।

त्यस्तै अशक्त संक्रमितहरूको पनि निःशुल्क उपचार गर्ने भनेको छ। यसका लागि पनि संक्रमितले अशक्तताको प्रमाणपत्र वा स्वयं घोषण गर्नुपर्ने भनिएको छ।

असहाय व्यक्तिहरूले पनि निःशुल्क कोरोनाको उपचार पाउने भनिएको छ। जसका लागि त्यस्ता व्यक्तिले सिफारिस वा स्वयं घोषणा गर्नुपर्ने भनिएको छ।

यस्तै असहाय एकल महिलाले पनि प्रमाणपत्र वा स्वयं घोषणा गरे निःशुल्क उपचार पाउनेछन्।

त्यस्तै अति अपांगता भएका संक्रमितले पनि निःशुल्क उपचार पाउने भनिएको छ। त्यसका लागि संक्रमितले अपांगताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ।

त्यस्तै जेष्ठ नागरिक संक्रमित भए त्यस्ताको पनि सरकारले निःशुल्क उपचार गर्ने छ। मन्त्रालयको सूचनामा ७० वर्ष पुगेका नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा गरे निःशुल्क उपचार गरिने उल्लेख छ।

त्यस्तै अग्रपंक्ति खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूको पनि निःशुल्क उपचार गरिने भनिएको छ। त्यस्ता व्यक्तिहरूले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ।

माथि उल्लेखित प्रमाणपत्र वा आधारहरू संकलन नभएमा सम्बन्धित अस्पतालको सामाजिक सेवा ईकाई वा अस्पतालकै सिफारिसमा पनि निःशुल्क सेवा लिन सकिने जनाइएको छ ।

 

new

Comments

Top