जनजाति चलचित्र महासंघद्वारा चलचित्रकर्मीलाई सहयोग

adibasi film

काठमाडौं । आदिबासी जनजाति चलचित्रकर्मीहरुलाई आदिबासी जनजाति चलचित्र महासंघले आर्थिक सहयोग गरेको छ । कारोना भाइरसका कारण लामो समयसम्म लकडाउन हु“दा आयश्रोत बन्द भई दैनिक जिबिकोपार्जनमा अप्ठेरोमा परेका चलचित्रकर्मीहरुलाई प्रति ब्यक्ति ५ हजार रुपैया“का दरले सहयोग रकम उपलब्ध गराएको हो ।

महासंघले आइतबार आदिबासी जनजाति चलचित्र महासंघको कार्यालय नया“ बानेश्वरस्थित चलचित्र बिकास बोर्डको सहकार्यमा ६३ जना चलचित्रकर्मीहरुलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको छ  । कोरोना महामारीका कारण गत चैत महिनादेखि बन्द भएको चलचित्र क्षेत्र अझै सञ्चालनमा आएको छैन ।

यसरी चलचित्र क्षेत्रको सम्पूर्ण काम बन्द भएपछि दैनिक चलचित्र क्षेत्रमा काम गर्ने अधिकांश चलचित्रकर्मीलाई समस्या परेकाले सहयोगको आवश्यकता रहेको महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले बताए । आदिबासी जनजाति चलचित्र महासंघले यस अघि पनि बिभिन्न चरणमा राहत सामाग्रीहरु बितरण गर्दै आएको महासंघका उपाध्यक्ष बिकु थोकरले जानकारी दिए ।

सहयोग रकम महासंघमा आबद्घ जातिय संस्थाहरुस“ग समन्वय गरेर अति समस्यामा परेका चलचित्रकर्मीहरुलाई मात्र सहयोग बितरण गरेको महासंघका महासचिब पुर्खाजित राईले बताए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष सुनुवार, उपाध्यक्ष थोकर, महासचिब राईलगायतको उपस्थिति थियो ।

Comments

Top