सरकारको बदनाम गराउन दशैं भत्तालाई मुद्दा बनाइयोः सांसद बस्नेत

M_B

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दशैं भत्तासम्बन्धी सञ्चारमाध्यममा आएका तर्क वितर्कबारे प्रतिवाद गरेका छन् ।

सांसदहरुले दसैंको भत्ता लिएको विषयमा केही ओलोचना भइरहेको सन्दर्भमा सांसद बस्नेतले कुनै पनि सांसदले हामीलाई भत्ता पाउनुपर्छ भनेर मागेको नभई संवैधानीक रुपमा दिने व्यवस्था अनुसार सरकारको स्वतः बैंक खातामा जम्मा हुने व्यवस्था भएको बताए । यसै प्रश्नलाई केही सञ्चारमाध्यमको प्रयोग गरी सरकारलाई बदनाम गराउनका लागि चालिएको हल्ला भएको बताएका छन् । भत्ताको नाममा सांसदहरुको बदनाम गराउनु निन्दनीय भएको बताउँदै दसैंको भत्ता बापतको रकम कोरोना कोष दाखिला गर्न कुनै पनि सांसदको विरोध नभएको बताए ।

कोरोना संक्रमणको यस अवस्थामा नेकपा तथा प्रमुख प्रतिपक्षी कांग्रेसले औपचारिक रुपमा नै कोरोना कोषमा भत्ता लगाउने निर्णय गरिसकेको पनि बस्नेतले बताए । यसै सन्दर्भमा आफूले पाएको दशैं भत्ता बापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरिसकेको बताउँदै सांसद बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

 ‘के निहुँ पाउँ र सरकारलाई बदनाम गराउँ भनेर लागेका केही मिडिया, अराजक बुद्धिजीवी र सामाजिक संजालका सकृय साथीहरुले बडो काम पाएका छन् । सांसदहरुले दशैं भत्ता लिए भन्ने नाउँमा जसरी सांसदरुलाई बदनाम गराउने खेल भैरहेकोछ । यो निन्दनीय छ । भत्ता कुनै सांसदहरूले मागेर लिएको होइन । सरकारको प्रणालीले स्वत्त बैकं खातामा जम्मा हुने व्यवस्था हो । यती बेला देश कोरोनाले आक्रान्त भएको बेला दशैं भत्तालाई कोरोना विरूद्धको अभियानमा लगाऔं भन्दा कुनै पनि सांसदले विरोध गरेका छैनन् । नेकपा र कांग्रेस जस्ता ठूला दलले त अफ्ना सांसदहरूको भत्ता कोरोना कोषमा हाल्ने निर्णय गरिसकेका छन् । तर केही मिडियाको तालमा बहकिएर तलब भत्ता नलिएर, उच्च स्तरको जीवन जिउने नेताहरुलाइ मेरो सुझाब जीवन शैली सरल र पारदर्शी बनाउ, कोरोनाको कारण चाडपर्ब तडक भडक गरेर नमनाउ । भत्ता बराबरको पैसा गरिब असहायलाई सहयोग गरौं ।

 सरकारलाई भत्ता फिर्ता गर्नु भनेको केही मिडियाको हल्ला खल्ला र केही नेताहरुको सेलिबेट्री बन्ने नाटक मात्र हो भन्ने मलाई लाग्दछ । हामी भ्रष्टाचारको बिरुद्ध र अबैधानिक बजेटको बिरुद्ध उभिनु पर्दछ । सरकारले वैधानिक ब्यबस्था गरेको विषयमा धेरै बहकिएर गरिने हल्ला खल्लाको कुनै अर्थ हुँदैन ।

 यो बेला कोरोनाको संक्रमण भएको कारण दशै तिहार तडक भडक गरेर नमनाउ भनेर आएका सकारात्मक सुझाब ग्रहण योग्य छ । पार्टीले सरकारले भत्ता कोरोना कोषमा राख्न गरेको निर्णय स्वागत योग्य छ ।

 जहाँसम्म मेरो निजि कुरा छ । बिगत भुकम्पमा पनि तलब भत्ता मात्र होइन धेरै सहयोग जुटाएर जनसेवा गरेको छु । बाडीपहिरो, विपद व्यवस्थापन, कोरोना, असाहाय गरिवहरुलाई सहयोग गर्ने विषयमा पटक पटक तलव भत्ता र अन्य धेरै सहयोग गर्दै आएको छु । जनसेवा र समाज सेवामा कोही आफुलाई अब्बल ठान्ने मिडियाकर्मी र कथित बुद्धिजीवि भन्दा धेरै गरिएको छ ।

 आज मात्रै पनि दशै साधारण खर्चमा मनाउने सोचका साथ भक्तपुर अस्पतालमा उपचार गर्ने गरिव र अशाहाय बिरामीलाइ आफ्नो तलवबाट रु ६५ हजार सहयोग गरेको छु । यो वर्षको सांसद विकास कोषबाट सूर्यविनायक नगरपालिकाको सहकार्यमा १५ दिन भित्र क्ष्ऋग् भेन्टिलेटर सहितको कोबिड अस्पताल बनाउन १ करोड ५० लाख छुट्टाएको छु । भने नेपाल कोरिया मैत्री अस्पतालमा नेपाली युवा वैज्ञानिकहरुले बनाएको रबर्ट नर्सिङ्ग र भेण्टिलेटर राख्न मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ५० लाख बजेट छुट्टाएको छु ।’

Comments

Top