कोरोना संक्रमणबाट थप ८ को मृत्यु, मृतक संख्या ७६५ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप ८ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६५ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ३०९३ जना नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा थप २१०८ जना कोरोना मुक्त भइ डिस्चाज भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

Comments

Top