पार्वतीपुरमा महिला उद्यमशील तालिम केन्द्र

Renu-1_20201021093328

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा बुधबार सरस्वती महिला उद्यमशिल महिला तालिम केन्द्र भवनको उदघाटन भएको छ । भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालले सो भवनको उद्घाटन गरेको उक्त भवनमा महानगरको २५ लाख र जनसहभागिताबाट थप सात लाख रकम गरी ३२ लाख रूपैयाँको लागतमा तालिम केन्द्रको निर्माण सम्पन्न गरिएको जनाइएको छ ।

कार्यक्रममा महानगर प्रमुख दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सिप र क्षमताको आधारमा बहुउपयोगी हुने बताइन् । उनले भनिन्, ‘उद्यमशिलताले मात्र परिवार र समाजलाई समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सिप मार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।’

रोजगार सृजना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उनले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताइन् । दाहालले महिला त्यसमा पनि दलित आदिवासी तथा सिमान्तकृत समुदायका महिलाहरूको क्षमता विकास, उद्यमशिलता बढाउन विशेष जोड दिएको उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाले गौरबको आयोजनाको रूपमा अगाडि बढाएको महानगरिय रिङ्गरोड र लिङ्करोडको काम पनि द्रुत गतिमा निर्माण भईरहेको जानकारी दिइन् ।

Comments

Top