नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै जनाको मृत्यु, २६ थपिएसँगै मृतक संख्या ७९१ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा एकै दिन अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप २६ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९१ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ५७४३ जना नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा थप २९९६ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । 

 

 

Comments

Top