बारामा प्रहरीको गोली लागेर एक जना हतियाधारी भारतीय घाइते

Police office bara
वीरगञ्ज ।
प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले बारामा गोली हानेर पक्राउ गरेको छ । बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथि पेस्तोल हान्ने भारतीय नागरिक २८ वर्षका बृजकिशोर कुशवाहलाई गोली हानेर पक्राउ गरेको हो ।

कुश्वाहाको पाखुरामा गोली लागेको छ । उनी सामान्य घाइते भएको प्रहरी कार्यालय डीएसपी कृष्ण पंगेनीले बताए । उनको साथबाट प्रहरीले पाँच राउण्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ । प्रहरीका अनुसार कुशवाहा लुटपाट गर्ने योजनासहित नेपाल छिरेका थिए ।

Comments

Top