हत्या गरिएका प्रहरीद्वयलाई प्रदेश सरकारद्वारा २/२ लाख दिने

sudur paschim pradesh

धनगढी । कर्तव्य निर्वाह गर्दागर्दै शहादत पाएका दुई प्रहरीलाई सुदूरपश्चिम प्रदेश सरकारले २/२ लाख दिने भएको छ ।

जुगेडा प्रहरी पोष्टमा कार्यरत असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदका परिवारलाई २/२ लाख दिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले तत्काल परिवारका सदस्यलाई १/१ लाख र बाँकी एक लाख रुपैयाँ सन्तानका लागि मुद्धती खातामा जम्मा गरिदिने निर्णय गरेको छ। तस्करीलाई नियन्त्रण लिने क्रममा अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज (असइ) गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या गरिएको थियो।

उक्त हत्यामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुलाई थप कारबाहीको लागि प्रक्रिया अगाडी बढाइसकेको प्रहरीले जनाएको छ ।

 

Comments

Top