नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघ्यो, गत २४ घन्टामा २१ जनाको मृत्यु

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ । पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप २१ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१२ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ३६३७ जना नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३२१५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख २ हजार ८ सय २० रहेको छ ।

Comments

Top