विराटनगर र धरानमा गरी ३ कोरोना संक्रमितको मृत्यु

Died_Corona1

विराटनगर । कोरोना संक्रमणबाट विराटनगर र धरानमा गरी ३ जनाको जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार सुनसरीका एक पुरुष र इलामकी एक महिलाको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

मस्तिष्कसम्बन्धी समस्या रहेकी बालिकालाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।


त्यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको गढी गाउँपालिकाका एक ३८ वर्षीय पुरुष र इलाम नगरपालिकाकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको थियो भने इलामकी महिलाको बिहान करिब ७ बजे मृत्यु भएको हो ।

Comments

Top