नेपालमा थप २२२५ जनामा कोरोना संक्रमण

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ जना रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

Comments

Top