कोभिड अस्थायी अस्पताल तिहारलगत्तै सञ्चालनमा ल्याउँछाैंः सांसद बस्नेत (तस्वीरहरूसहित)

M_Basnet

 

भक्तपुर । भक्तपुरको जगातीस्थित भक्तपुर इँटा टायल कारखानामा निर्माणाधीन अस्थायी कोभिड अस्पतालको भक्तपुरका सांसद महेश बस्नेतले निरीक्षण गरेका छन् ।

उपत्यकामा दिनप्रतिदिन बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणका कारण भक्तपुर क्षेत्र नं. २ का सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको अगुवाईमा उक्त स्थानमा तत्काका लागि अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएको हो ।

सांसद् बस्नेतको निर्वाचन क्षेत्र विकास कोष र सूर्यबिनायक नगरपालिकाको साझेदारीमा १ करोड ५० लाखमा निर्माण हुन लागेको हो ।

उक्त निर्माणाधीन अस्पतालको निरीक्षण गर्दै सांसद बस्नेतले तिहार लगत्तै ५० शैयाका साथ सञ्चालनमा आउने बताए । उक्त अस्थायी अस्पताल निर्माणका लागि नगरपालिका, वीरदल गणका प्राविधिक टोलीसहित निरीक्षणका लागि पुगेका सांसद बस्नेतले सोही ठाउँमास्थायी संरचनाका साथ नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइने समेत जानकारी गराए ।

उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि सांसद बस्नेत र सूर्यबिनायक नगरपालिकाले उपत्यकामै पहिलोपटक आप्mनै पहलमा भेन्टीलेटर र आईसीयूसहितको ५० शैय्याको अस्थायी अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

1M (1)1M (2)1M (3)1M (4)1M (5)1M (6)1M (7)

Comments

Top