देशभर थप ५७० मा कोरोना संक्रमण, देशभर संक्रमित संख्या १ लाख ६० हजार नाघ्यो

health ministry

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार चार सय पुगेको छ ।  पछिल्लो २४ घन्टामा देशभर २७२५ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ जना रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट ३१६८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ।

 

Comments

Top