सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना

rabi

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नीमा कोरोना पुष्टी भएको छ । सामाजिक सञ्जालमार्फत लामिछानेले आफू र पत्नी निकीता पौडेललाई कोरोना संक्रमण भएको पुष्टी गरेका हुन् ।

मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको लामिछानेले जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

 

Comments

Top