यातायात कार्यालयको लापरबाही, धान खेतमा हजारौं लाइसेन्स

yatayat

जनकपुर । जनकपुरमा एक हजार बढि सवारी चालक अनुमति पत्र स्मार्ट लाईसेन्स धान खेतमा भेटिएको छ ।

यातायात ब्यवस्था बिभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन् ।

बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देखेपछि सबै लाईसेन्स कार्यालयलाई बुझाएको ति महिलाले बताईन् । यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।

यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए ।

 

Comments

Top