देशभर थप २३६४ मा कोरोना संक्रमण, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुग्यो

health ministry

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।  

पछिल्लो २४ घन्टामा देशभर ९७६९ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट ३०३८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ । 

Comments

Top