गौतम बुद्ध रंगशालालाई भरतपुर महानगरपालिकाद्वारा थप २ करोड हस्तान्तरण

Renu_1

 

भरतपुर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लाग भरतपुर महानगरपालिकाले थप सहयोग गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बिच भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि थप २ करोड रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग रकम भरतपुरमा आयोजित एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहालले धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेकी थिइन् ।

यसअघि महानगरपालिकाले फाउन्डेसनलाई २ करोड रुपैयाँ सहयोग गरिसकेको छ । महानगर प्रमुख दाहालले सामाजिक सञ्जालमा हस्तान्तरण गरिएको फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘गौतम बुद्ध अन्तराष्ट्रिय किृकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरपालिका  बाट आज थप २ करोड सहयोग धुर्मुस सुन्तलि फाउन्डेसनलाई हस्तान्तरण गरियो । केहि समयअगाडी पनि २ करोड गरी कुल ४ करोड यस आर्थिक बर्षमा महानगरबाट प्रदान भएको छ।’

महानगर एवं देशकै सानको रुपमा रहेको यस रंगशालाका निर्माणमा महानगरले आवश्यक सरसहयोग, समन्वय गर्दै आइरहेको दाहालले बताइन् ।

भरतपुर महानगरअन्तर्गत रामपुर क्याम्पस हाताभित्र निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको निर्माण कार्य द्रुत गतिमा बढीरहेको जनाइएको छ । निर्माण कार्यका लागि कोरोना महामारीले प्रभाव पारेको भए पनि फाउन्डेसन र कामदारको सक्रियताका कारण दशैंमा पनि रंगशाला निर्माण कार्य नरोकिएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जनाएका छन ।

Comments

Top