विपत्तिमा विश्वमहारथीः अमेरिकामा संक्रमित संख्या करोड नाघ्यो, एकैदिन १ लाख २९ हजार बढी संक्रमित

crying US

काठमाडौंं । कोरोना संक्रमणबाट सबैभन्दा धेरै संक्रमित देखिएको अमेरिकामा संक्रमित हुनेको संख्या एक करोड नाघेको छ ।

पछिल्लो २४ घन्टामा १ लाख २९ हजार ७ सय २२ नयाँ संक्रमित देखिएसँगै हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ५५ हजार ७ सय ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १२२१ जनाको संक्रमितको मृत्यु भएसँगै हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार २ सय ३ जना पुगेको छ ।

आज थपिएको संख्इा अमेरिकामा अहिलेसम्मकै धेरै नयाँ संक्रमित संख्या रहेको जनाइएको छ । यसअघि शुक्रबार मात्रै १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म अमेरिकामा ६३ लाख ८८ हजार ९ सय १९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित