‘मन्दिरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं : नव निर्देशक दीपेश सापकोटा निर्देशित चलचित्र ‘मन्दिरा’को ट्रेलर रिलिज भएको छ । २ असारबाट देशभर एकसाथ प्रदर्शनमा आउँने यो चलचित्र एउटै घरभित्र छायाँकन सकिएको निर्माण पक्षको दाबी रहेको छ । ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरू समेटिएका छन् । नरेन खड्का, जे.वी.डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव–कलाकार बिनी पोख्रेली, विनिता ओलीलगायतको मुख्य भूमिका रहेको छ । करुणा अर्याल र उज्वल अर्याल निर्माता रहेको चलचित्रको सन्तोष सेढाई सह–निर्माता र हरि भट्ट प्रस्तुतकर्ता हुन् । चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायाँकन, अजित लामिछानेको पटकथा तथा संवाद छ ।

Comments

Top