अमिताभकी नातिनी मसाज सेन्टरमा ?

मुम्बई : आफ्नो तस्बिरका लागि धेरैजसो चर्चामा रहने अमिताभ बच्चनकी नातिनी नव्या नवेलीले इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा नव्या नाचिरहेको देख्न सकिन्छ । भिडियो उनका साथीहरूले बनाएका हुन् । जसको आवाज क्यामरा पछाडि सुन्न सकिन्छ । भिडियोमा नव्याका साथीहरू यसलाई मसाज रुममा उनको प्राइभेट पार्टी बताइरहेका छन् । नव्या सोसल मिडियामा निकै एक्टिभ छिन् । नव्या आफ्नो बोल्ड तस्बिरका कारण धेरैजसो चर्चामा रहन्छिन् । – एजेन्सी

Comments

Top