आईपीएल उपाधि मुम्बईलाई, मुम्बईविरुद्धको आईपीएलका चारवटै खेलमा दिल्ली पराजित

mumbai_champs

युएई । १३ औं आईपीएलको उपाधि मुम्बई इण्डियन्सले हात पारेको छ । पहिलोपटक फाइनल प्रवेश गरेको दिल्लीलाई ५ विकेटले पराजित गर्दै रोहित शर्माको कप्तानीमा मुम्बईले आईपीएल २०२० को उपाधि हात पारेको हो ।

सातौं पटक फाइनल प्रवेश गरेको मुम्बईले यस पटकसँगै आईपीएलमा ५ पटक उपाधि हात पारिसकेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोज्दै दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे ।

ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए । दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १र१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर द्वन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस शुन्य रनमा आउट भए ।

अक्षर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरजयन्त यादबले १र१ विकेट लिए ।

हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्ली उपविजेतामा सीमित भएको छ ।

मुम्बई भने पाँच पटक आईपीएल जित्ने पहिलो टिम पनि बनेको छ । मुम्बईले यस अघि सन् २०१३, १५, १७ र १९ मा आईपीएल उपाधि हात पारेको थियो ।

जारी आईपीएलको चारपटक दिल्ली र मुम्बई आमनेसामने भएसँगै सबै खेलमा मुम्बईले जित पारेको छ । पहिलो क्वालिफायर र लिग चरणका दुई खेलमा मुम्बईविरुद्ध जित हात पार्न नसकेको दिल्लीले अन्ततः फाइनलमा पनि हात ब्यहो¥यो ।

दिल्लीको टिममा नेपाली खेलाडी सन्दीप लामिछाने पनि आबद्ध रहेका थिए, यद्यपि उनले यस आईपीएलमा एउटा खेलमा पनि खेल्ने मौका भने पाएनन् ।

 

Comments

Top