ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु

motercycle

 

दाङ । दाङमा दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग खण्डको राप्ती गाउँपालिकामा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको मृत्यु भएको जनाइएको छ ।

ट्रकले ठक्कर दिएपछि तीनै जनालाई लमही अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी पनि डिएसपी सुमित खड्काले जानकारी दिए।

पूर्ववाट पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं। ४ मौरीघाटमा बेलुका पौने ८ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक पनि सडकमै पल्टिएको छ।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। मृतक तीनै जना युवाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

 

Comments

Top