सूर्यबिनायकको अर्को उदाहरणीय काम, नगरबासीको निःशुल्क पीसीआर गर्ने निर्णय

Suryabinayak

भक्तपुर । नेपालकै नमुना नगरपालिका बन्ने क्रममा रहेको सूर्यबिनायक नगरपालिका जनमैत्री बन्दै गइरहेकोमा कुनै द्विविधा छैन ।

विशेष गरेर विश्वमा फैलिइरहेको कोरोना महामारीमा जनउत्तरदायी बनेको नगरपालिकाले नेपालमै पहिलोपटक मोबाइल स्वाब संकलन केन्द्र सञ्चालन गरेर उदाहरणीय नमुना पेश गरेको थियो ।

योग्य नेतृत्व र कुशल व्यवस्थापन भयो भने सानो स्थानबाट पनि समाजलाई ठूलो योगदान दिन सकिन्छ भन्ने तथ्यलाई यथार्थतामा परिणत गर्दै गएको सूर्यबिनायक नगरपालिकाले अर्को उदाहरणीय कार्य सुरु गरेको छ ।

यसै परिप्रेक्ष्यमा सूर्यविनायक नगरपालिकाले नगरवासीको उपचारमा विशेष चासो देखाएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि विशेष भूमिका निर्वाह गर्ने भएको छ ।

नगरपालिकाले कन्ट्रयाक ट्रेसिङ तथा पीसीआर परीक्षण नगपालिकाले नै गरिदिने निर्णय गरेको छ । जसले गर्दा संवैधानीक रुपमा स्थापीत नागरिकले अनिवार्य तथा निशुल्क पाउनुपर्ने स्वास्थ्य उपचारको शतप्रतिशत कार्यान्वयन भएको समेत देखिएको छ ।

कोरोनाका कारण संक्रमणको उच्च जोखिम रहेको जिल्लाको रुपमा समेत भक्तपुर पर्ने भएकाले जिल्लाभर विशेष योजनाका साथ रोकथामको लागि एक पछि अर्को गर्दै जनमूखी कदमहरु चाल्न थालिएको छ । जसमा सूर्यविनायक नगरपालिका अग्रणी रुपमा रहने गरेको छ ।

मंगलवार नगरप्रमुख बासुदेब थापाको अध्यक्षतामा राष्ट्रिय जनस्वास्थ प्रयोगशालाको निर्देशक डा। लुना झा को उपस्थितिमा कोराना भाईसको संक्रमणको नगरपालिकामा हालसम्मको अवस्था र रोकथाम तथा नियन्त्रण लागि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा गम्भीर छलफल गरेको हो ।

नगरपालिकाको उक्त निर्णय गरेको जानकारी गराउँदै वडा नं। ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले भने, ‘शंकास्पद संक्रमितहरुको स्वाव परिक्षण कार्य सम्वन्धीत ब्यक्तिको स्व। घोषणा अनुसार नगरपालिकाले पुन अगाडि बढाउने निर्णय गरेको छ । यस कार्यले नगरपालिकालाई कोरोना संक्रमण फैलनबाट रोक्न सकिने छ । सबै जन समुदायको सचेतता र सजगताबाट कोरोना परास्त गर्न हामीलाई सफलता मिल्ने छ । जसमा नगरपालिका जनताको स्वास्थ्य प्रति संवेदनशिल छ । जनतासँगै छ । अवाश्यकता अनुसार जनमूखी कदमहरु चाल्छ ।’

 

Comments

Top