बाजी मार्ला धनपतिले ?

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’को फस्टलुक सार्वजनिक भएको छ । ‘पशुपतिप्रसाद’को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा.लिले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा ‘धनपति’ निर्माण गरेको हो । ‘धनपति’लाई पशुपतिप्रसाद’को दोस्रो भागका रुप हो भनेर चर्चा पनि हुने गरेको छ । राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपति’ द्वन्द्वको चपेटामा परेर पूर्वी तराईबाट राजधानी आई बस्छन् । गर्जोटार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उनीसँग अन्य आयस्रोत छैन । उनी इमान बेच्न नचाहने स्वाभिमानी छन् । छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ । यस्तै कथामा बनेको छ चलचित्र ‘धनपति’ । खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिका रहेको चलचित्रमा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ । सूर्य थोकरको द्वन्द्व, आधासुरको संगीत रहेको चलचित्रका निर्माता रोजिना सिटौला, सह–निर्माता रजना नापित, समीर देवकोटा ओम गुरुङ हुन् । आफ्नो निर्देशकीय जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको चलचित्र ‘धनपति’ भएको निर्देशक दीपेन्द्रले बताए ।

Comments

Top