नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

sachibalya

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार (भोली) का लागि तय गरिएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले पार्टीमा उठेका विषयमा छलफल गर्नुपर्ने भएकाले शुक्रबारका लागि दुवै अध्यक्षसँगको सल्लाहपपछि सचिवालय बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले जनाएका छन् ।

बस्नेतका अनुसार पौडेलले नेपपाका दुवै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालसँगको छलफलपछि सचिवालय बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले बैठकका लागि मागपत्र बुझाउनुपर्ने अवस्था आएको पार्टीमा भोलिका लागि भने दुवै अध्यक्षसँगको परामर्शमा महासचिव पौडेलले बैठक बोलाएका जनाइएको छ ।

Comments

Top