रिकेन र सरिसालाई फेसन आइकनको ताज

काठमाडौं : रिकेन बज्राचार्य र सरिसा श्रेष्ठले ‘नेपाल फेसन आइकन २०१७’को उपाधि जितेका छन् । ललितपुर ग्वार्काेका रिकेनले पुरुष तर्फ र ललितपुर पुल्चोककी सरिसाले महिला तर्फको उपाधि चुमेका हुन् । दुबै बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न गिफ्ट प्राप्त गरे । विजेता रिकेनले बेष्ट ¥याम्प वाकको टाइटल उपाधि समेत हासिल गर्दा सरिसाले बेष्ट र्याम्प वाक र क्रियटिभ ड्रेसको उपाधि हात पारिन् । दुबै बिजेताले आ–आफ्नो बिधाका ९ प्रतिस्पर्धिलाई पछि पर्दै उपाधि जितेका थिए । शनिबार त्रिपुरेस्वरस्थित ब्लूवर्ड भवनको मुड्स हलमा अबेर साँझ सम्पन्न प्रतियोगितामा पुरुषतर्फ रुपक लिम्बु फष्टरनर अफ र मनीष थापा सेकेन्ड रनर अप घोषित हुँदा महिलातर्फ कृति घिमिरे फष्ट रनरअप र पूजा पराजुली सेकेन्ड रनरअप चुनिए । बिभिन्न टाइटल बिजेता समेत छानिएको कार्यक्रममा मल्टिमिडिया सलिना तामाङ र मनीष थापा, फोटो जेनिक दावा दोर्ज लामा र कृति घिमिरे, क्रियटिभ ड्रेस सुजन लामा, फेसन स्टाइलिस सुजन लामा, स्मृती मगर, भ्युयुर च्वाइस पूजा पराजुलीले प्राप्त गरे । अन्तर्राष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् । दीपिका रिमाल प्याप्सन उपाध्यक्ष, जीवन खड्का मिस्टर टिन नेपाल बिजेता, अर्चना थापा बस्नेत फेसन डिजाइनर, निर्माता सुनिल रावल, मोडल दीक्पाल कार्की, निराजन थापालगायत अन्तिम स्पर्धाको निर्णायकमा रहेका थिए । उत्कृष्ट गीत संगीत, नृत्य लगायतको बेजोड प्रस्तुतिका साथ सम्पन्न प्रतियोगीतामा प्रतियोगीले बिभिन्न सिक्वेलमा आकर्षक पहिरन समेत स्टेजमा प्रस्तुत गरे ।

Comments

Top