नेकपा सचिवालय सकियो, आगामी बैठक मंसिर ३ मा बस्ने

nekapa

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको आधा घन्टामै सकिएको छ । धेरै समयदेखि बस्न नसकेको बैठक प्रधानमन्त्री निवासस्थान बालुवाटारमा दिउँसो चाढे चार बजे सुरु भएको थियो ।

अर्को बैठक मंसिर ३ गते १ बजे बस्नेगरी बैठक आधा घण्टामै सकिएको हो ।

आजको बैठकमा बैठक बोलाउन माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जनाले लेखेको पत्र, त्यसको जवाफमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको पत्रसँगै बैठकका एजेण्डलगायतका सामग्रीहरु वितरण गरिएको छ ।

 

Comments

Top