विपत्तिमा विश्व महारथीः एकैदिन १ लाख ८३ हजार बढी संक्रमित थपिए, करिब १४ सयको मृत्यु

crying US

 

काठमाडौं । अमेरिकामा अहिलेसम्मकै धेरै संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र संक्रमित हुनेको संख्या १ लाख ८३ हजार ३ सय १९ देखिएको छ ।

त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ९४ देखिएको छ ।

अमेरिकामा पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । अमेरिका नै विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक रहेको छ ।

हालसम्म अमेरिकामा संक्रमितको संख्या १ करोड १० लाख ६४ हजार १ सय ५६ जना पुगेको छ भने २ लाख ४९ हजार ९ सय ७४ को मृत्यु भएको छ ।

पछिल्ला दिनमा अमेरिकामा संक्रमण मुक्त हुनेको संख्या घट्दै गइरहेको छ ।

हालसम्म अमेरिकामा ६७ लाख ८८ हजार ९ सय १८ जना कोरोनामुक्त भएका छन् भने अहिलेको अवस्थामा पनि ४० लाख २५ हजार २ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

Comments

Top