'एमाले’ र ‘माओवादी’मै फर्कने तरखरमा नेकपा

NEKAPA-1

 

विश्लेषकहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा भन्छन् । लाग्छ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) एकीकरण भएकै छैन । पार्टीको प्रत्येक तहमा भाग बन्डा लगाउनुपर्ने बाध्यताबाट गुज्रिएको पार्टी नेतृत्व अन्ततः स्पष्ट बहुमतको अवस्थामा पनि सर्वाधिक कठिन समयबाट गुज्रिरहेको स्पष्ट देखिएको छ ।

निर्वाचनमा भोग्न सक्ने पराजयलाई मात्र टार्नका लागि पार्टी एकीकरण गरेका यी दुई पार्टीमा कहिल्यै पनि एकीकरण भएको जस्तो आभाष जनताले पाउन सकेका छैनन्, नत नेता कार्यकर्ताहरुले नै ।

पार्टी एकीकरण नभएको एउटा प्रमुख ज्वलन्त उदाहरण पार्टी नेतृत्वको उदाहरण नै काफी छ । एउटै राजनीतिक दललाई नेतृत्व गर्नका लागि दुई दुईवटा अध्यक्षको पद सिर्जना गरेर एकीकरणको नाटक गरेका यी दुई पार्टीहरु अन्ततः पद नै अन्तिम निष्कर्ष रहेछ भन्ने कुरा पछिल्ला घटनाक्रमले स्पष्ट पारेका छन् ।

एकीकरण भईसकेको पार्टीका लागि प्रत्येक निर्णय, नियुक्तिलगायतका काममा समूहलाई केन्द्रीय तहमा राख्दै गरिनु नै एकीकरण नभएको स्पष्टता हो । संवैधानिक नियुक्तिदेखि लिएर मन्त्रीमण्डल विस्तारका क्रममा पनि समूह वा गुटको माध्यमबाट नामावली ‘सर्टआउट’हुनु पार्टी एकीकरणको अपुष्टता पुष्टी हुन्छ ।

समानुपातिक सांसददेखि लिएर मन्त्री बन्नसम्म गुटगत राजनीति नै प्रमुख आधार मानेर अगाडि बढीरहेका यी दुई कम्युनिस्ट पार्टीहरुले अहिले आएर गरेको यस घटनाक्रम पक्कै पनि जनतालाई सैह्य हुनेछैन ।

कुनै पनि नियुक्तिमा पनि पूर्व एमाले र पूर्व माओवादी भन्नुपर्ने अवस्था आउँदासम्म पार्टी एकीकरण भएको भन्ने मान्न सकिँदैन । पार्टी एकीकरण भएको भए नेकपा भन्न सक्नुपर्ने हो । यदि होइन भने सत्ता सञ्चालनका लागि सत्ताको नेतृत्व गरेको व्यक्तिले आफूलाई कार्यपालिका सञ्चालनका लागि सहज हुने टिम गठन गर्न पाउनुपर्ने हो ।

पछिल्ला घटनाक्रमको बारेमा नजरअन्दाज लगाउँदा नेपालका यी दुई राजनीतिक दलहरु कहिल्यै पनि एकीकरण हुन नसक्ने स्पष्ट देखिएको छ । पार्टीको नेतृत्वदेखि लिएर गाउँस्तरसम्मका हरेक निर्णयमा पूर्व पार्टीको ‘ट्याग’लगाएर अघि बढ्न खोज्नु एमाले र माओवादी दुवैको हैसियत नदेखिनु हो । कुनै पनि दललाई आफूभन्दा अर्को दलको कार्यकर्ता वा नेता सैह्य नभएको हो । गाउँस्तरको कुनै नियुक्तिमा पनि एमाले र माओवादी भन्ने प्रचलन नगइसकेको अवस्थामा देशको सर्वोच्च निकाय मन्त्रीमण्डलमा पनि गुटगत तहबाट नै नियुक्त हुने पारीपाटीले गर्दा यी दुई पार्टीहरु एकीकरण भइनसकेकोमा कुनै द्विविधा छैन ।

नियमित बस्नुपर्ने सचिवालय बैठक, स्थायी समिति बैठक पनि बस्न नसकिरहेको यस परिवेशमा यी पार्टीका नेताबाट सकारात्मक अपेक्षा गर्नु मुर्खता शिवाय केही हुँदैन ।

सत्ताको धङधङीबाट टाढा जान नसकेका यिनीहरुले सत्ताकै लागि एकीकरणको नाटक गरेर नेपाली जनतालाई झुक्याएका छन्, जसको परिणाम अर्को निर्वाचनसम्म पनि कुर्नुपरेन यिनीहरुले ।

एउटा अध्यक्षले अर्को अध्यक्षका बारेमा दस्तावेजकै रुपमा कटाक्ष गरिरहँदा यी नेताहरुबाट कुनै पनि अपेक्षा गर्नु सर्वसाधारणका लागि घातक हुने स्पष्ट नै भएको छ ।

राजनीतिक सरगर्मीसँग एउटै समयमा सचिवालय बैठक र मन्त्रीपरिषद्को बैठक आह्वान गरिनु कुनै अनिष्ट हुने संकेतका रुपमा देख्न सकिन्छ । पछिल्लो २४ घन्टामा राष्ट्रपतिदेखि लिएर कुटनीतिज्ञहरु पनि सक्रिय रहेको पार्टी राजनीतिका कारण देशले नै अनिष्ट भोग्नुपर्ने त होइन भन्ने शंका उब्जिएको छ ।

यस अवस्थाको विवाद देखिइसकेपछि यी दुवै दलले अब आफूहरु पहिलेकै अवस्थामा फर्किएको घोषणा गर्नु उपयुक्त देखिन्छ । सत्ताको लागि हो भन्ने कुराको पुष्टी यी दुई दल एकीकरण हुनेबेला पालो प्रणालीमा सरकार र पार्टीको नेतृत्व गर्नेदेखि लिएर हरेक नियुक्तिमा पूर्वमाओवादी र पूर्वएमालेको भाग छुट्याइनु यी दुई दल नाममा मात्र एकीकरण गरेको पुष्टी भएको छ । प्रत्येक तह र निर्णयमा भागबन्डाको अवस्थाबाट गुज्रिरहेकोले यी दुई दल एकीकरणको औचित्य समाप्त भएको छ । तसर्थ बुधबारको सचिवालय बैठक पछि औपचारिक रुपमा यी दुईदल आ–आप्mनो पहिलाको अवस्थामा फर्किएमा जनतालाई अहिलेको भन्दा धेरै घाटा नहोला जस्तो देखिन्छ ।

Comments

Top