बहुप्रतिक्षित सचिवालय बैठक सकियो, १० दिनपछि पुनः बैठक बस्ने

nnnnn

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित बुधबारको सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक १० दिनपछि बस्ने गरि आजको लागि सकिएको जनाइएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनको विषयमा छलफल हुने जनाइएको थियो ।

बुधबारको बैठकमा भएका छलफलका विषयमा विस्तृत विवरण भने आइसकेको छैन ।

Comments

Top