छिमेकीको नियतिः संक्रमित संख्या ९० लाख नाघ्यो

ind

 

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार १ सय ८२ जना संक्रमित थपिएसँगै संक्रमित संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा ५ सय ८४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २ सय २ पुगेको छ ।

भारतमा कोरोनाबाट मुक्त हुने भने विश्वकै उच्च दरमा रहेको छ । भारतमा हालसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

 

Comments

Top