अमेरिकामा एकैदिन २ लाख बढी संक्रमित थपिए, हालसम्म २ लाख ६० हजार बढीको मृत्यु

crying US

काठमाडौं । अमेरिकामा एकै दिन कोरोना संक्रमित हुनेको संख्या २ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा २ लाख १ हजार ८३ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । 

पछिल्ला दिनमा तीब्रगतिमा फैलिएको संक्रमितको संख्यासँगै अमेरिकामा मात्र हालसम्म संक्रमित हुनेको संख्या १ करोड २२ लाख ७४ हजार ७ सय २६ पुगेको छ ।

त्यस्तै हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ६० हजार २ सय ८३ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ७३ लाख १६ हजार ३ सय २३ जना कोरोनामुक्त भएको जनाइएको छ ।

Comments

Top