मोरङमा एकैदिन एक भारतीयसहित ३ संक्रमितको मृत्यु

Died_Corona1

 

मोरङ । मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट शुक्रबार मात्रै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीयसहित तीन जना रहेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए। मृतक वृद्धको गएको कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित