नेकपा विवाद जिल्लातिर पनि देखियो, चितवनमा नेताविरुद्ध कार्यकर्ता

chitwan

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्र जिल्ला तहमा पनि विवाद देखिन थालेका छन् । पछिल्ला दिनमा केन्द्रीय तहमा पार्टी नेतृत्व तहबीच विवाद सिर्जना भईरहेका बेला चितवनमा पनि विवाद देखिएको छ ।

चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका छन् ।

नेता पाण्डेले ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै स्थानीय ओली समर्थित कार्यकर्ताहरुले कार्यक्रमस्थलमा नाराबाजी गरेका थिए ।

सो नाराबाजीपछि कार्यक्रम केही बेर विथोलिएको थियो ।

यसैबीच वरिष्ठ नेता माधवकुमार नेपालले चितवनमा घटेको सुरेन्द्र पाण्डेमाथिको घटनाका बारेमा छानबिनको माग गरेका छन् । नेता नेपालले उक्त घटनामा सुनियोजित रुपमा अभद्र तरिकाले गरिएको हुनाले सोको छानबिन गरी दोषीमाथि कारबाही गर्न अनुरोध गरेका छन् ।

नेता नेपालले यस्तो अभद्र कार्यको पार्टी र स्थानीय नेतृत्वले सत्यतथ्य पत्ता लगाई दोषी उपर छानबिनका साथ कारबाही गर्न ध्यानाकर्षण समेत गराएका छन् ।

Comments

Top