लागूऔषध धन्दाको आरोपमा कमेडियन भारती सिंह दम्पती पक्राउ

bharati

मुम्बइ । कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

मुम्बइ प्रहरीको टोलीले भारतको घरमा शनिबार बिहान छानविनको क्रममा लागूऔषधको केही मात्रा भेटिएपछि उनीहरुलाई सोधपुछ गरेको हो । भारतीलाई मुम्बइको अँधेरीस्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यानमा लैजाँदै गरिएको भिडियो र फोटो यतिबेला सोसल मिडियामा भाइरल बनेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरुमाथि लागूऔषध विरुद्ध छानविन तथा सोधपुछ गर्दैआएको छ । रियाचक्रवर्तीमाथि छानविनको क्रममा अरु बलिउडकर्मीले पनि लागूऔषध प्रयोग गर्ने गरेको खुलासा भएको थियो ।

रियालाई भने सुशान्तको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेर लामो समयसम्म अनुसन्धान गरेको थियो । तर उनी निर्दोष सावित भएपछि रिहा भइन् ।

Comments

Top