कोरोनाबाट जनस्वास्थ्य अधिकृतको मृत्यु

Died_Corona1

बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सिराहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक समेत रहेका सप्तरीको राजविराजका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको अस्पताल सोतले जनाएको छ ।

उनको कोरोना रिपोर्ट नेगेटिभ देखिए पनि क्लिनिकल्ली कोरोना थेट मानिएको अस्पतालले जनाएको छ । दुईसाता अघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए ।

Comments

Top