नायिकाको खोजीसँगै ‘डिसेम्बर फल्स’को घोषणा

December falls

 

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नया“ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मकी हिरोइन चयन भने बा“की रहेको जनाइएको छ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् ।

त्यसैगरी ‘डिसेम्बर फल्स’को छाया“ंकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छाया“ंकार रबि नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मणले यसपाली अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।

‘डिसेम्बर फल्स’को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । कार्यक्रममा बिपीकाको जन्मदिनको अबसरमा निर्माण युनीटले बर्थ–डे केक काटेको थियो । फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नुपरेका बिबिध घटना, समस्यासमेत समाबेश हुने बताइएको छ । फिल्मको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् ।

आफूलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए । उनले भने, ‘यो फिल्मको स्क्रिप्ट र युनिट निकै मन प¥यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें ।’ कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता रामप्रसादले आफूले बिगतमा निर्माण गरेका फिल्मभन्दा ‘डिसेम्बर फल्स’ बिल्कुलै नौलो हुने बिश्वास ब्यक्त गरे ।

त्यसैगरी, कार्यकारी निर्माता लक्ष्मणले उच्चकोटीको फिल्म निर्माण गर्नका लागि जस्तोसुकै परिस्थिति सामना गर्न पनि आफूहरु तयार रहेको बताए । ‘यसपाली अलि भिन्दै र एकदम उच्चकोटीको फिल्म निर्माण गर्ने प्रयास छ,’ उनले भने, ‘त्यसकारण मैले यसपाली निर्देशन गरिनं ।’ उनले आफू यसपटक निर्माताको रुपमा एकदमै दत्तचित्तका साथ फिल्म निर्माणमा लागेको सुनाए । ४ माघदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट छन् ।

०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौं र पोखरामा खिचीने बताइएको छ ।

Comments

Top