प्रचण्डलाई भेट्न खुमलटार पुगिन् चिनिया राजदूत

ppp

काठमाडौं । नेपालका लागि चिनिया राजदूत हाउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । यान्छीले सोमबार बिहान खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन् ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहेको भ्रमणको पूर्वसन्ध्यामा राजदूतले अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ ।

 

Comments

Top