प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर इलाम जान सकेन, विराटनगरमै आकस्मिक अवतरण

PM Oli

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली सवार हेलिकप्टर विराटनगर आकस्मिक अवतरण गरेको छ ।

ताप्लेजुङको घुन्साबाट इलाम जाने क्रममा खराब मौसमका कारण इलामको जौबारीमा बस्न नसकेपछि विराटनगर विमानस्थलमा हेलिकोप्टर अवतरण गराइएको जनाइएको छ ।

घुन्सामा प्रधानमन्त्रीले स्वास्थ्य केन्द्रको उद्घाटन गरेपछि इलामको जौबारी जाने कार्यक्रम थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेकपाका नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका नेता विमानस्थलको विशिष्ट कक्षसम्म आए पनि प्रधानमन्त्री ओली भने हेलिकोप्टरबाट ओर्लिएनन् । प्रधानमन्त्री आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Comments

Top