काठमाडौं । चर्चित अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको अपरेसन गरिएको थियो ।
अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको गरिरहेको बेला उनलाई बुधबार एक्कासी हृदयाघात भएको र सोही कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अर्जेन्टिनाका लागि सन् १९८६ मा विश्वकप जिताएका उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका थिए ।
बेला बेलामा विवादमा आईरहने म्याराडोनाले विश्वकपमा गरेको गोल अहिलेसम्मकै सर्वाधिक महत्वपूर्ण र विवादित गोल मानिँदै आएको छ ।
Comments