कास्कीमा थप २ संक्रमितको मृत्यु, गण्डकीमा हालसम्म मृतक संख्या १४४ पुग्यो

Gandaki


कास्की । कास्कीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ४४ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ११ हजार ५ सय ५३ संक्रमित संख्या पुगेकोमा ६ हजार ७ सय ४० जना कोरोनामुक्त भइसकेका छन् ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।

प्रतिष्ठानमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएकी पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।

यसैगरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मंसिर १० गते मृत्यु भएको डा. शर्माले बताए । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comments

Top