राष्ट्रिय प्राणी उद्यानक्षेत्रमा सरसफाई र डस्बिनको व्यवस्था (फोटोफिचर)

9

 

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ७ स्थित राष्ट्रिय प्राणी उद्यानक्षेत्रभित्र सरसफाई गरियो । भक्तपुर क्षेत्र नं. २ का प्रधिनिधि सभा सांसद एवं नेकपाका युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त अवसरमा सूर्यविनायक नगरपालिका वडा नं ७ ले आयोजनामा राष्ट्रिय प्राणी उधान क्षेत्रभित्र पर्ने रमणीय र पर्यटकीय आकर्षक केन्द्रको रुपमा रहेको लिखानारायणदेखि मन्थलीसम्मको क्षेत्रमा मर्निङ्ग वाक, पिकनिक, चलचित्रको सुटिङस्थलहरुमा सरसफाई गरिएको थियो ।

उक्त अवसरमा उक्त पर्यटकीय क्षेत्र घुम्नको लागि आउने व्यक्तिहरुबाट हुने फोहरलाई उचित व्यवस्थापन गरी वातावरणलाई स्वच्छ, सफा राख्नुको साथै उक्त क्षेत्रलाई थप पर्यटकहरुको आकर्षक केन्द्रको रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका उक्त सरसफाई कार्यक्रम आयोजना गरियो ।

साथै उक्त अवसरमा उक्त क्षेत्रभित्र विभिन्न स्थानमा फोहोर व्यवस्थापनका लागि डस्बिनहरु पनि राखिएको थियो । उक्त अवसरमा क्षेत्रमा राखिएका २० वटा डस्विनमा प्रत्येक हप्ता डस्विनमा जम्मा भएको फोहरहरु उठाउने पनि जनाइयो ।

उक्त डस्विनहरु सरसफाई नेप्से म्याक कम्पनिले गर्ने जनाइएको छ । साथै उक्त क्षेत्रको फोहोर व्यवस्थापन गर्न गराउन वा लागु औषध दुर्वेसनी र अश्लील कार्यहरु गरेको फेला परेमा नगरपालिका द्वारा दण्ड जरिबाना र कार्वाही गरिने पनि जानकारी दिइएको थियो । साथै उक्त क्षेत्रको रेखदेख गर्नका लागि दुईजना नगरप्रहरीलाई रेखदेखका लागि डियूटीमा खटाउने समेत निर्णय भएको छ।

12345687

 

Comments

Top