पाल्पा–बुटवल सडक खण्ड दैनिक चार घन्टा बन्द

Palpa_But

 

पाल्पा। सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबारदेखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहनेछ ।

Comments

Top