काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर दिइएको छ।
जङ्गी अड्डा स्रोतका अनुसार चिनियाँ रक्षामन्त्रीलाई आज दिउँसो सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको हो।
त्यस्तै उनले सैनिक मुख्यालयको निरीक्षणसमेत गरेका छन्। उनको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटनका लागि शितलनिवास जाने कार्यक्रम रहेको छ । उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ ।
Comments