देशभर १३०४ संक्रमित थपिए, २०७३ डिस्चार्ज

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा २०७३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

Comments

Top